काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एमालेले राप्रपा नेपालसँग सहमति गरेकोमा आपत्ति जनाएका छन् । राप्रपा नेपालले सूर्य चिह्नमा चुनाव लड्ने सहमतिप्रति आपत्ति जनाएका हुन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता रावलले सूर्य चिह्न बिक्री हुने व्यावसायिक चिह्न हो र भनी प्रश्न गरेका छन् ।
रावलले लेखेका छन्, ‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिह्नमा लड्ने तर एमाले हुनु नपर्ने रे ! के सूर्य चिह्न बिक्री हुने व्यावसायिक चिह्न हो र रु यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र रु दलीय प्रणाली र कम्युनिस्ट पार्टीको फजिती मात्र !’