logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • यातायात क्षेत्रमा रहेका समस्या समाधान गर्न सरकारले तत्काल यातायात प्राधिकरण गठन गर्नुपर्छ: अध्यक्ष स्वाँर

    यातायात क्षेत्रमा रहेका समस्या समाधान गर्न सरकारले तत्काल यातायात प्राधिकरण गठन गर्नुपर्छ: अध्यक्ष स्वाँर

    6.3K
    Shares

    काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नवनिर्वाचित अध्यक्ष विजय बहादुर स्वाँरले सार्वजनिक यातायात क्षेत्रमा रहका समस्या समाधान गर्नको लागि सरकारले तत्काल यातायात प्राधिकरण गठन गर्नु पर्ने बताएका छन् । अध्यक्ष स्वाँर सार्वजनिक यातायात क्षेत्रमा रहका समस्या समाधान गर्नको लागि सरकारले तत्काल यातायात प्राधिकरण गठन गर्नु पर्ने बताएका हुन् ।

    उनले महासंघको नयाँ नेतृत्वले सरकारलाई यातायात प्राधिकरण गठनमा प्राथकिता दिएर भ्यान्टिलेटरमा रहेको यातायात क्षेत्रलाई पुनः जागृत बनाउने गरी काम गर्ने बताए । विहीबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उहाँले अबको सार्वजनिक यातायात सुरक्षित, भरपर्दो र दिगो सार्वजनिक यातायात बनाउने पहिलो योजना रहेको अध्यक्ष स्वारले उल्लेख गरे । १० अर्बको स्वदेशी लगानी रहेको सार्वजनिक यातायात क्षेत्र सबै लगानीकर्ता, सरकार, जनता र मजदुर मिलेर पुँजीको संरक्षण गन आवश्यक रहेको अध्यक्ष स्वारको भनाई छ ।

    नेपालमा खरिद गरेर ल्याएका गाडीमा चल्ने २० वर्षको मापन अवधि वैज्ञानिक नभएको भन्दै अध्यक्ष स्वारले २० वर्ष अगाडि ल्याएका गाडी फाल्ने र ल्याउने काम तत्काल बन्द गर्नु पर्ने बताए । उनले २० वर्ष पुगेका गाडि फिजिकल फिटनेस सेन्टरमा लगेर चेक सडकमा गुड्न सक्छवा वातावरण प्रदुषणको हिसावमा ठिक छ भने चल्न दिनु पर्ने जिकिर गरे । नेपालमा सरकारको नीति अनुसार सार्वजनिक यातायात विद्युतिकरण हुनु पर्छ त्यसको लागि यातायात व्यवसायी तयार रहेको अध्यक्ष स्वाँरको भनाई छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend