logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुर्खेतमा लागूऔषधसहित तीन जना पक्राउ

    सुर्खेतमा लागूऔषधसहित तीन जना पक्राउ

    7.6K
    Shares

    सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–९ मा पर्ने काँक्रविहार क्षेत्रबाट विभिन्न समयमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरीक कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर(९ को फुलबारी टोल स्थित फुटबल ग्राउण्डमा शंकास्पद रुपमा हिडिरहेका तीन जना पक्राउ परेका छन् ।

    बुधबार साँझ ५ः४५ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–३ का २० वर्षीय नरबहादुर बुढा, वीरेन्द्रनगर९ का १९ वर्षीय सुरेन्द्र बुढालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार उनिहरुको शरिरमा खानतलासी नरबहादुर बुढाको साथबाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो रङगको धुलो पदार्थ शुद्व ९.७७० ग्राम र सात हजर चारसय ६० नगद रुपैयाँ समेत बरामद गरेको छ ।

    यस्तै, प्रहरीले बुधबार बिहान ११ः१५ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–९ काँक्रेविहारबाट बाँकेको नेपालगञ्ज उप–महानगरपालिका–३० राँझाका २० वर्षीय इस्नोप रावत पक्राउ परेका छन् । रावतलाई काँक्रविहारमा रहेको फुटबल ग्राउण्डमा लागूऔषध सेवन गरिरहेको गोप्य सूचनाको आधारमा अस्थाई प्रहरी बिट लाटिकोईलीबाट खटिएको तीन जनाको प्रहरी टोलीले पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार रावतको शरिर खानतलासी गर्दा उनले लगाएको सेतो हाफ पाईन्टमा पलाष्टिक भित्र लुकाएर राखेको १ पुडिया लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने धुलो पदार्थ फेला पारेको हो ।

    हाल लागूऔषधसहित तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend