logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • ठुला राजनीतिक पार्टीहरुले देशलाई असफल राष्ट्रको बाटोमा धकेले: अध्यक्ष लिङ्देन

    ठुला राजनीतिक पार्टीहरुले देशलाई असफल राष्ट्रको बाटोमा धकेले: अध्यक्ष लिङ्देन

    6.5K
    Shares

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला राजनीतिक पार्टीहरुले देशलाई असफल राष्ट्रको बाटोमा धकेलिरहेको बताएका छन् । बिहीवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले देशका ठुला राजनीतिक पार्टी र ठुला नेताहरुले देशलाई असफल राष्ट्र बनाउन लागेको बताएका हुन् ।

    ठुला पार्टीहरु देशलाई असफल राष्ट्र बनाउने काममा एक अर्काको सहयोगी बनिरहेको बनले बताए । उनले राप्रपा देशलाई असफल राष्ट्र बन्न नदिन क्रियाशील रहेको पनि बताए ।

    अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रमा राजनीतिलाई पेसा, व्यवसायको रुपमा लिने मानिसहरु रहेको बताए । उनले राप्रपामा भने राजनीतिलाई देश सेवाको रुपमा लिने र देशलाई माया गर्नेहरु आवद्ध रहेको उल्लेख गरे । भ्रष्ट्राचार विरोधीहरु आफ्नो पार्टीमा जोडिदै गएका उनले बताए ।

    अध्यक्ष लिङ्देनले विभिन्न व्यक्तिहरुलाई राप्रपामा प्रवेश गराएका छन् । बिहीवारको पार्टी प्रवेश कार्यक्रममार्फत् चिकित्सक डा. रामप्रसाद उप्रेती, सामाजिक अभियन्ताहरु ज्वाला संग्रौला र जिता बराल, पूर्व डिआईजी मन्दिप श्रेष्ठ, नेपाली कांग्रेसका महासमिति सदस्य रोहन राउत क्षेत्री लगायत गरी १ हजार २९ जना राप्रपामा प्रवेश गर्नुभएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend