बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

सुनको मूल्य बढ्यो, तोलाको एक लाख दुई हजार 

सुनको मूल्य बढ्यो, तोलाको एक लाख दुई हजार 

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख दुई हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबार छापावाला सुन प्रतितोला एकलाख एक हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज थप ५०० रुपैयाँले वृद्धि भएको हो ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ५०० रुपैयाँले नै बढ्दै एक लाख एक हजार ५०० रुपैयाँ पुगेको छ ।  यता चाँदीको मूल्य भने बिहीबारको तुलनामा तोलामा १५ रुपैयाँले बढ्दै एक हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend