logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • दक्षिण अफ्रिकामा भीषण बाढी, ३०० भन्दा बढीको मृत्यु

    दक्षिण अफ्रिकामा भीषण बाढी, ३०० भन्दा बढीको मृत्यु

    6.4K
    Shares

    एजेन्सी । पूर्वी दक्षिण अफ्रिकामा आएको भीषण बाढीका कारण अहिलेसम्म तीन सयभन्दा बढीको मृत्यु भएको छ । चार दिनदेखि त्यहाँ निरन्तर वर्षा भइरहेको छ।

    सबैभन्दा धेरै विनाश क्वाजुलुनाताल प्रान्तको डरबन क्षेत्रमा भएको छ, जुन देशको तेस्रो धेरै जनसंख्या भएको शहर हो। यहाँ केही मानिस भाग्यले बाँचेर निस्किए पनि उनीहरुसँग अरु केही बाँकी छैन।

    हराएका मानिसको खोजी कार्य भइरहेको छ। बाढी आएको क्षेत्रमा पानी, खाना, बिजुली लगायतका आवश्यक सामग्रीको अभाव छ। दक्षिण अफ्रिकाकादक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा हिजो सो क्षेत्रको अनुगमनमा गएका थिए। उनले यो विनाशले जलवायु परिवर्तनसँग जुध्न अहिले कति महत्त्वपूर्ण छ भन्ने देखाएको बताए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend