logo

२०८१ कार्तिक ३ शनिबार

logo
  • शनिबार, ३ कार्तिक २०८१
  • प्रकृतिप्रति कृतज्ञता प्रकट गर्दै मिथिलामा मनाइँदै जूडशितल

    प्रकृतिप्रति कृतज्ञता प्रकट गर्दै मिथिलामा मनाइँदै जूडशितल

    2.7K
    Shares

    काठमाडौं । मिथिला क्षेत्रमा प्रकृति पूजाको रुपमा मनाइने जुडशिल पर्व आज हर्षोल्लासका साथ मनाइँदै छ । पर्वको अवसरमा बिहानै घर र बस्तीका मान्यजन (जेष्ठ नागरिक) ले आफूभन्दा कान्छोलाई शिरमा जलसिँचन गरी आशिर्वाद दिने चलन छ ।

    आ–आफनो घर आँगनमा रहेको पोखरी र इनारहरुको सफाईको साथै हिलो खेलेर मनोरञ्जन गर्ने गर्दछन् । सूर्यको तापबाट ब्याकुल मानव जीवनलाई शीतलता प्रदान गर्ने विश्वासका साथ यो पर्व मनाइन्छ । यो पर्वमा सूर्य उदाउनुअघि आमाबुवा, काकाकाकी र हजुरबुवा तथा हजुरआमाहरुले एक हातमा शुद्ध जलको कलश लिएर अँजुलीमा पानी राखि परिवारदेखि छरछिमेकका आफूभन्दा साना सदस्यको टाउकोमा हात राखेर आशिर्वाद दिन्छन् ।

    विक्रम संवत् परम्पराको प्रत्येक नयाँ वर्ष (वैशाख सङ्क्रान्ति)मा ‘जुडशितल’ पर्व मनाइन्छ । २ दिन मनाइने पर्व पहिलो दिन (सङ्क्रान्तिका दिन) ‘सतुवाइन’ र भोलिपल्टलाई ‘जुडशीतल’ भनिन्छ । यो पर्व कृषिसँग सम्बन्धित रहेको जानकारहरुको कथन छ । बढ्दो गर्मीबीच ‘शितल’ जोड्न गरिने कामना पर्वको मुख्य ध्येय रहेकोले यो पर्वलाई ‘जुडशीतल’ भनिएको संस्कृति अभियन्ता एवम् प्रदेश सभा सदस्य राम अशिष यादव बताउँछन् । उनले प्रकृतिले मानवलाई धेरै कुरा दिने गरेपनि मानवले प्रकृतिको संरक्षणमा खासै ध्यान नदिने गरेको बताए ।

    उनले सरकारले पनि प्रकृतिको संरक्षणमा ध्यान नदिएको र तत्काल यस पर्वलाई संस्थागत गरेर प्रकृतिको संरक्षणमा लाग्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend