बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

कैलालीमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कैलालीमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कैलाली । कैलालीको टीकापुरमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका ४ मौरनीयामा एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।

टीकापुर नगरपालिका ४ मोरनीयामा भे १ च २४०९ नम्बरको एम्बुलेन्स र से २ प ३२८४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार जानकी गाउँपालिका–३ का ५० वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका कैलालीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend