
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावमा सत्ता गठबन्धन बीचको तालमेल सबैतिर गर्ने कोसिस भए पनि सहज नबनेको बताएका छन् । तालमेलको विषय मिलाउन गाह्रो भएको उनले बताए ।
‘तालमेलको विषय मिलाउन गाह्रो–गाह्रो छ,’ बैठकमा प्रचण्डले भनेका थिए, ‘गठबन्धन हेर्दा राम्रो देखिए पनि व्यवहारिक रुपमा मिलाउन गाह्रो छ ।’ प्रचण्डले कांग्रेससँग सकेसम्म ‘बार्गेनिङ’ गर्ने नभए गठबन्धनका अन्य पार्टीहरुसँग मिलेर कांग्रेससँग पनि स्वस्थ प्रतिस्पर्धा हुने बताएका थिए। ‘कांग्रेससँग सकेसम्म बार्गेनिङ गर्ने हो,’ प्रचण्डको भनाइ थियो, ‘जति हुन्छ लिने, नभए प्रष्पिर्धा गर्ने हो।’
पूर्व स्थायी समिति सदस्य कृष्णबहादुर महराले सकेसम्म गठबन्धनमा तलसम्मै तालमेल गरेर जाने विषयमा छलफल भएको बताए। ‘चुनबारे अध्यक्षले ब्रिफिङ गर्नुभयो,’ महराले भने, ‘गठबन्धन समेसम्म तलसम्म गरेर जाने भन्ने कुरा उहाँले राख्नुभयो । तलबाट आएको रिपोर्ट अनुसार माथिबाट टुंग्याइन्छ भनेर उहाँले भन्नु भएको छ।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend