सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

स्थानीय चुनावमा प्रतिपक्ष एमालेसँग चुनावी तालमेल हुदैन: अध्यक्ष प्रचण्ड

स्थानीय चुनावमा प्रतिपक्ष एमालेसँग चुनावी तालमेल हुदैन: अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय चुनावमा प्रतिपक्ष एमालेसँग चुनावी तालमेल नगर्ने भएको छ । वाम गठबन्धनका लागि माओवादी र एमाले दुबैतिरका दोस्रो तहका नेताहरु प्रयासरत रहेको चर्चा चलिरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तालमेलको सम्भावना नरहेको प्रष्ट पारेका हुन् ।

सत्ता गठबन्धनमा चुनावी तालमेलको सैद्धान्तिक सहमति भए पनि भागबण्डा मिल्न नसकिरहेका बेला त्यसबारे छलफल गर्न आज माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक बसेको थियो ।

गठबन्धनमा तालमेलका लागि भएका छलफलबारे वैठकलाई बिफ्रिङ गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनभित्र चुनावी तालमेल नभए एमालेसँग नगर्न निर्देशन दिएको एक नेताले बताएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend