logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु

    प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु

    4.7K
    Shares

    काठमाडौं । मन्त्रीपरिषद्ले सिफारिस गरेका २० जना विभिन्न देशका राजदुतहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ । संसदीय सुुनुवाई समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकले मन्त्रीपरिषदले सिफारिस गरेका विभिन्न देशका २० जना राजदुतहरु उपर उजुरी आह्वान गरेको हो ।

    १० दिन समय दिएर सरकारले सिफारिस गरेर पठाएको २० जना राजदुतहरुमाथि उजुरी आह्वान गर्ने निर्णय बैठकले गरेको समितिका सभापति लक्ष्मण लाल कर्णले जानकारी दिए । उनले भने, ‘अहिले मन्त्रीपरिषदले २० जना राजदुतहरुको सिफारिस गरेको छ । उनीहरुको बारेमा समितिको बैठकबसी उजुरी आह्वान गर्‍यैौं । १० दिनको टाईम दियौं । १० दिन भित्र जसलाई उपयुक्त वा अनुपयुक्त के लाग्छ ? त्यसबारे जनताबाट उजुरी मागेका छौं । यो उजुरीको लागि आज समितिमा सर्वसम्मतिले निर्णय गर्‍यौैं । र, यो उजुरी अनुसार नै १० दिन वितेपछि सुनुवाईको काममा लाग्छौं हामी ।’

    गत चैत्र २४ गते बिहीबार बसेको मन्त्रीपरिषद बैठकले विष्णुपुकार श्रेष्ठलाई चीन, दानबहादुर तामाङलाई दक्षिण अफ्रिका, शर्मिला पराजुली ढकाललाई स्पेन, बासुदेव मिश्रलाई श्रीलंका, मिलन तुलाधरलाई रुस, कैलाश पोखरेललाई अष्ट्रेलियाका लागि राजदुतमा सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसैगरी डिल्लीराज पौडेललाई मलेशिया, शान्ता रिजाललाई इजरायल, ज्योति प्याकुरेललाई दक्षिण कोरिया, रामसुरज राय यादवलाई डेनमार्क र नवराज सुवेदीलाई साउदी अरव राजदुत सिफारिस गरिएको थियो । घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले, दुर्गाबहादुर सुवेदी र तीर्थराज वाग्लेको नाम पनि राजदुतका लागि सिफारिस गरिएको थियो ।

    प्रस्तावित राजदुतहरुको उजुरीमाथि पनि संसदीय समितिले छानवीन गर्नेछ । त्यसपछि उनीहरुको योग्यता, क्षमता र कार्ययोजनाको मूल्यांकन गरी समितिले उनीहरुको नाम अनुमोदन गर्नेछ । समितिले अनुमोदन गरेका राजदुतहरुलाई राष्ट्रपतिले नियुक्त दिर्ने संवैधानिक व्यवस्था छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend