logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • आईपीएलः कोलकातामाथि हैदरावादको जित

    आईपीएलः कोलकातामाथि हैदरावादको जित

    5.5K
    Shares

    एजेन्सी । सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा हैदरावादले कोलकाता नाइड राइडर्सलाई ७ विकेटले हराएको हो । मुम्बईमा कोलकाताले दिएको १७६ रनको लक्ष्य पछ्याएको हैदरावादले १७ ओभर ५ बलमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

    हैदरावादका लागि राहुल त्रिपाठीले सर्वाधिक ७१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै एडेन मार्करमले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । ३६ बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे । हैदरावादका लागि कप्तान केन विलियमसनले १७ रनको योगदान गरे । बलिङतर्फ कोलकाताका लागि आन्द्रे रसलले दुई विकेट लिए । त्यस्तै प्याट कमिन्सले एक विकेट लिए ।

    यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७५ रन बनाएको थियो । कोलकाताका लागि नितेश रानाले ५४ रनको अर्धशतकीय पारी खेले । त्यस्तै आन्द्र रशलले नट आउट ४९ रन बनाउँदा कप्तान श्रेयस यैरले २८ रनको योगदान गरे ।

    बलिङतर्फ हैदरावादका लागि थनगार्सु नटराजनले सर्वाधिक ३ विकेट लिए । त्यस्तै उमरान मलिकले दुई विकेट लिँदा भुवनेश्वर कुमार, मार्को जेसन र जगदिस सुचितले एक–एक विकेट लिए । जितसँगै हैदरावाद ५ खेलबाट ६ अंक जोडेर तालिकाको सातौँ स्थानमा उक्लेको छ । पराजित कोलकाता ६ खेलबाट ६ अंक सहित तालिकाको चौथो स्थानमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend