logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • चाँदीका गहना र मोटरसाइकलसहित भारतीय नागरिक पक्राउ

    चाँदीका गहना र मोटरसाइकलसहित भारतीय नागरिक पक्राउ

    6K
    Shares

    रौतहट । बारामा चाँदीका विभिन्न गहना र मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बारा जिल्लास्थित सशस्त्र प्रहरीको गस्ती टोलीले चाँदीका विभिन्न गहना र मोटरसाइकलसहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला झाँझरा पंचायत ३ बडहर्वाका २८ वर्षीय शैलेस साह रहेको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख तथा छिनमस्ता बाहिनीका डिआइजी गणेश ठाडा मगरले बताएका छन् ।

    भारतीय नागरिक साहको साथबाट एक किलो दुई सय ग्राम चाँदीका विभिन्न प्रकारको तयारी गहना बरामद भएको छ । उनलाई आवश्यक कारबाहीको लागि साहलाई जिल्ला प्रहरी कार्यालय कलैया बाराको जिम्मा लगाइएको डिआइजी मगरले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend