बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

बोक्सी लागेको भन्दै झारफुक गर्ने क्रममा धामीको कुटाइबाट महिलाको मृत्यु

बोक्सी लागेको भन्दै झारफुक गर्ने क्रममा धामीको कुटाइबाट महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा धामीको कुटाइबाट एक महिलाको मृत्यु भएको छ । बेदकोट नगरपालिका ७ मुसेपानीकी ४३ वर्षीया रन्जुला साउद बिरामी भएपछि घरमा धामीझाँक्री बोलाइएको थियो । साउदलाई बोक्सी लागेको भन्दै स्थानीय धामी धर्मानन्द भट्ट र नारायण दत्त भट्टले कुटपिट गर्न थाले ।

कुटपिटका कारण साउदको मृत्यु भएपछि कन्चनपुर प्रहरीले भट्टद्वयलाइ नियन्त्रणमा लिएको छ । प्रहरी प्रमुख श्याम सिंह चौधरीले घटनास्थलमा टोली खटिएको बताउँदै थप अनुसन्धान भइरहेको बताए ।

धामीकै कारण साउदको मृत्यु भएको भन्दै स्थानीयले घर घेराउ गरेका छन । साउद एकल महिला हुन् । आर्थिक अभावका कारण उनी अस्पताल जान नसकेको र धामीझाँक्रीको भरमा परेको स्थानीयको भनाइ छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend