logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • कांग्रेस, एमाले र माओवादी केन्द्रको प्रवृत्तिबाट देशलाई जोगाउनै पर्छ: अध्यक्ष लिङ्देन

    कांग्रेस, एमाले र माओवादी केन्द्रको प्रवृत्तिबाट देशलाई जोगाउनै पर्छ: अध्यक्ष लिङ्देन

    7.3K
    Shares

    नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को प्रवृत्तिबाट देशलाई जोगाउनुपर्ने बताएका छन् । राप्रपा पूर्वी नवलपरासीद्वारा शनिबार दल्दलेमा आयोजित चुनावी सभामा बोल्दै लिङ्देनले यस्तो बताएका हुन् ।

    निर्वाचनका बेला चिल्ला कुरा गर्ने र जितिसकेपछि मोज गरेर बस्ने ठूला दलको प्रवृत्ति देशका लागि समस्या भएको बताएका हुन् ।

    कांग्रेस, एमाले र माओवादीले निर्वाचनअघि चिल्ला चिल्ला कुरा गर्छन् र ५ वर्ष मोज गर्छन् यो प्रवृत्तिबाट देश जोगाउनै पर्छ, लिङ्देनले भने, देशमा रोजगारी छैन । कृषकले धान रोप्दा मल पाउँदैन । फेरि पनि ती दललाई भोट हाल्न छोड्दैनन् अब त्यसरी हुन्न ।

    हामी विकल्प दिन्छौं, राप्रपालाई मत हाल्नुस् । गत ३२ वर्षसम्म नेपालका तीन ठूला दलले देश लुटेर बर्बाद पारेको आरोप उनले लगाए । ३२ वर्षसम्म पालैपालो सत्तामा बसेर देश लुटे, अबको निर्वाचनमा पनि त्यही ठूला दललाई मत दिनु भनेको देश बर्बादीमा पारेर रमित हेर्नु हो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend