logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • निर्वाचन अघिनै मतदाताको मन जितेका यी स्वतन्त्र उम्मेदवार

    निर्वाचन अघिनै मतदाताको मन जितेका यी स्वतन्त्र उम्मेदवार

    14.8K
    Shares

    काठमाडौं । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा देशका विभिन्न ठाउँबाट स्वतन्त्र उम्मेदवारी दिनेहरु बढ्न थालेका छन् । पालिका प्रमख तथा वडाहरुमा अहिले देशव्यापी रुपमा स्वतन्त्र  उम्म्दवार देखिएका छन् । ती मध्ये सवैभन्दा काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको चर्चा व्यापक छ । चर्चा मात्रै हैन बालेनले आफ्ना भिजन र कसरी काम गर्ने भन्ने कुरामा स्पष्ट रुपमा धारणा राख्दै आएका छन् ।

    बालेन मात्रै हाईन पोखरा महानगरमा गनेश पौडेल र डोल्पाको ठुलीभेरी नगरपालिकामा प्रेम बहादुर बोहरा पनि स्वतन्त्र उम्मेदवार बनेका छन् । यी तीनै जना स्वतन्त्र उम्मेदवारले काठमाडौंमा सयुक्त रुपमा सर्वसाधारणसँग अन्तरक्रिया तथा उम्मेदवारी के का लागि भन्ने विषयमा छलफल गरेका छन् ।

    बालेन शाह, काठमाडौं महानगरपालिका
    काठमाडौं महानगरपािलकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले स्वतन्त्र भनेको वैचारिक बन्धन भएको बताएका छन् । उनका अनुसार स्थानिय निर्वाचन विचार जिताउने निर्वाचन हो । ‘कुनै दलले समर्थन गरेर चुनाव जितेमा त्यो दलले जित्छ व्याक्तिले होईन तर स्वतन्त्र उम्मेदवारले उसको विचार र भिजनले मात्रै चुनाव जित्छ ।’ बालेनले स्वतन्त्र हुनु गाह्रो कुरा भएको बताए ।

    र्यापर तथा ईन्जिनियर समेत रहेका बालेनले अहिलेको अवस्थामा जनप्रतिनिधिले विकासका सुचकनै नबुझेको बताए ।
    ‘पार्क कति छ, सार्वजनिक शौचालय कति छन्, त्यहाँका कार्यलयहरुका लाईन बस्नु पर्छ कि पर्दैन, स्वास्थ्ययको सुविधा कस्तो छ, प्राथमिक उपचार कत्तिको सजिलै पाएको छ, ट्राफिक व्यवस्थापन कस्तो छ । लगाएतका कुराहरुले विकास भएको छ कि छैन भन्ने देखाउँछ ।’ उनले भने ।

    काठमाडौंको प्रदुषण नियन्त्रणका लागि वैजानिक पद्धती अपनाई प्रदुषण नै हुन नदिने आफ्नो योजना सुनाए । ‘काठमाडौंमा पानीको समस्या अधिक भएको बताउदै बालेनले भने –‘काठमाडौंका ढुंगेधाराहरुलाई संरक्षण गर्न धेरै पटक सोचीयो । त्यसलाई सरसफाई र व्यवस्थापन गर्ने तर त्यहाँ पानी नै आउदैन । ढुङगेधारालाई म्युजियमका रुपमा सोच्यौं, त्यसैले ती ढुङगेधाराको मर्मत भएन ।’ उनले भने– ‘त्यसलाई संरक्षण गर्दागर्दै त्यसको मुल कहाँ छ खोजेर पानी आउने बनाए त त्यो पानी प्रयोग गर्नेले नै सरसफाई गर्थे होलानी । काठमाडौका खुला जग्गा कक्रिंटयुक्त भए । आकाशको पानी जमिनमुनी जान पाएन । खानेपानीको व्यवस्थापन गर्नुपर्ने छ ।’

    महानगरका हरेक वार्डमा स्वास्थ्य क्लिनीक राख्ने, ६ महिनामा १ पटक आफ्नै वार्डमा नागरिकले सुलम दरमा पुरै शरिर परिक्षण गर्ने व्यवस्था मिलाउने योजना रहेको उनले बताए । नागरिकलाई करको दायरामा ल्याउने , कार्यालयमा गएर लाईन बस्नुपर्ने अवस्थाको अन्त्य गरी अनलाईन प्राणलीलाई प्रभावकारी बनाउने उनले बताए ।

    काठमाडौंको मोटरबाटो फराकिलो गर्नुपर्ने नभएको बताउँदै बालेनले फुटपाथ भने धेरै ठाउँमा बनाउनुपर्ने बताए ।
    काठमाडौं उपत्यका आफैमा एक मन्दिर रहेको बताउदै बालेनले काठमाडौंका जात्रा, सम्पदा, तथा सस्कृतिक कार्यक्रमलाई जनप्रनिनिधिले खर्चको रुपमा लिने गरेको प्रति टिप्पणी गरे । ती कला संस्कृतिबाट पनि सरकारले राम्रो आम्दानी गर्न सक्ने उनको भनाई छ ।

    ‘जात्रा, हाम्रा संस्कृतिमा हजारको लगानी गरेर करोडौंको फाईदा छ । विदेशीहरु यहाँको बाटो, टावर, भवन हेर्न आउने हैन । हाम्रो कल्चर हेर्न आउने हो । उनले भने– यस्ता संस्कृतिले पर्यटनमा निकै ठुलो विकास गर्न सकिन्छ ।’

    गनेश पोडेल, पोखरा महानगरपालिका
    पोखरा महानगरपालिकामा मेयरको स्वतन्त्र उम्मेदवार गनेश पौडेलले देशमा नागरिक स्वतन्त्रता हुनपर्नेमा दलिय स्वतन्त्रता हाबी भएको बताए । विकास ठाँउ अनुसार देखिने र महशुश गर्ने खालको विकास हुनुपर्ने बताए । बाटो भवन मात्रै बनाउनु विकास नभएको पोडेलको भनाई छ ।

    ‘रोड, बनाउनु विकास हैन । अस्पताल खोल्नु मात्रै विकास हैन । त्यो अस्पतालमा गुणस्तरिय उपचार हुनुपर्यो र नागरिकको औषत आयु बढ्नुपर्यो त्यो विकास हो ।’ उनले भने ‘स्कुल मात्रै खोलेर भएन । त्रिभुवन विश्वविद्यालय पढेर पास भएको विद्यार्थी जुनसुकै कुर्सीमा राखिदिएपनि काम गर्न सक्ने हुनुपर्यो । विकास जनताले महशुश गर्ने खालको हुनुपर्यो ।’

    पौडेलले उम्मेदवारको भिजन, कार्यविधि पत्रका साथै उसको ईमान्दारिता हेरेर भोट गर्न पनि नागरिकलाई अपिल गरे ।

    प्रेम बहादुर बोहरा, ठुलीभेरी नगरपालिका डोल्पा
    ठुलीभेरी नगरपालिकामा मेयरको स्वतन्त्र उम्मेदवार प्रेम बहादुर बोहराले आफुले ठुला ठुला एजेण्डा नलिई पुरा गर्न सकिने महत्वपुर्ण विषयलाई मात्रै आफ्नो कार्यविधिमा राखेको बताए । शिक्षा स्वास्थ्य, यातायातमा सुहाउने खालको विकास गरी डोल्पालाई त्यहीको सस्कृती रहनसरहन प्रकतीसंग मिल्ने गरी विकास गर्ने बताए ।

    ‘मलाई डोल्पालाई सिंगापुर बनाउनु छैन । उनले भने– ‘म सिंगो डोल्पालाई व्यवस्थित रुपले विकास गर्छु । डोल्पामा से–फोक्सुण्डो मात्रै छैन । त्यहाँ त्यहिको संस्कृति छ, जडिबुटि छ, प्राकृतीक स्रोत साधनको प्रयोग गरि डोल्पालाई समृद्ध बनाउन लागिपर्नेछु ।’

    सामान्य शिक्षाबाट समेत वञ्चित भएको डोल्पामा विश्वविद्यालय खोल्छु भन्नु अहिलेको अवस्थामा नसुहाउने भन्दै स्वतन्त्र उम्मेदवार बोहराले जरैदेखि शिक्षामा काम गर्ने बताए । यस्तै उनले डोल्पाको जडिवुटि, पर्यटन, रोजगारि, पुर्वाधारमा काम गरि सुगम, व्यवस्थित र सु–सम्पन्न बनाउने आफ्नो योजना रहेको उनले बताए ।

     

     


    पार्वती पाण्डेय
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend