बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

आईपीएलमा दिल्लीमाथि बैंगलोरको जीत

आईपीएलमा दिल्लीमाथि बैंगलोरको जीत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले जीत निकालेको छ । शनिवार राति भएको खेलमा बैंगलोरले दिल्ली क्यापिटल्सलाई १६ रनले हराएको हो ।

बैंगलोरले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउन सक्यो ।

यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रन जोडेको थियो ।

यस जीतसँगै बैंगलोरले ६ खेलमा ८ अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा उक्लिएको छ । दिल्ली ५ खेलमा ४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend