सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

कैलालीमा गठबन्धन दलबीच सहमति जुटेन, अर्को बैठक आज बस्दै

कैलालीमा गठबन्धन दलबीच सहमति जुटेन, अर्को बैठक आज बस्दै

धनगढी । कैलालीमा चुनावी तालमेलका विषयमा गठबन्धन दलबीच सहमति जुट्न सकेको छैन । सहमितका लागि बसेको छैठौं बैठक पनि निष्कर्षविहीन बनको छ ।

शनिबार बसेको चार दलबीचको बैठकमा सबै दलले आआफ्नो अडान कायमै राखेपछि सहमति जुट्न नसकेको हो ।

दलहरूबीच सहमति नजुटेपछि भागबण्डा टुंग्याउने जिम्मा प्रदेशस्तरीय समितिलाई दिइएको छ । बैठकमा नेपाली कांग्रेसले जिल्लाका १३ मध्ये ११, नेकपा माओवादी र एकीकृत समाजवादीले चाररचार स्थानीय तहमा दाबी गरेको छ ।

काँग्रेसले तत्कालीन फोरम लोकतान्त्रिकसहितको मतभार हेरेर धनगढी उपमहानगरपालिका सहित ११ पालिका आफूले पाउनुपर्ने भन्दै दाबी गरेको नेपाली काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले बताए ।

उनका अनुसार गठबन्धकै विषयमा काँग्रेस कैलालीको आन्तरिक बैठक आइतबार बस्दैछ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend