logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • दक्षिण अफ्रिकामा आँधी–बाढीका कारण करिब ४०० जनाको मृत्यु

    दक्षिण अफ्रिकामा आँधी–बाढीका कारण करिब ४०० जनाको मृत्यु

    7.4K
    Shares

    एजेन्सी । दक्षिण अफ्रिकामा आँधीसँगै आएको बाढीका कारण करिब ४०० जनाको मृत्यु भएको छ। प्रहरी, सेना तथा स्वयमसेवकले अझै पनि बेपत्ताको खोजी तथा उद्धार प्रयास जारी राखेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै द गार्डियनले जनाएको छ ।

    ६ दिन पहिले आएको विनाशकारी आँधीपछि बाढी आउँदा दक्षिण अफ्रिकाको डर्बन क्षेत्रमा जनजीवन प्रभावित भएको हो । बाढीका कारण करिब ४१ ह्जार मानिस प्रभावित भएका छन् ।

    बाढीमा परेर अहिलेसम्म ३९५ जनाको मृत्यु भएको पुष्टि भएको छ । आवासीयसहितका भौतिक क्षति ठूलो मात्रामा भएको स्थानीय अधिकारीले बताएका छन् ।

    क्वाजुलु–नाटल प्रान्तमा आँधी र त्यसपछिको बाढीले ठूलो क्षति गरेको हो । अझै पनि कम्तीमा ५५ जना बेपत्ता रहेका छन् ।

    आँधी तथा बाढीका कारण १३ हजार ५९३ घरमा क्षति पुगेको छ, त्यसमध्ये करिब चार हजार घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । डबर्न क्षेत्रमा ४८ घण्टाको अवधिमा ४५० मिलिमिटर वर्षा भएको थियो, यो वार्षिक रुपमा डर्बन क्षेत्रमा हुने वर्षाको आधार हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend