आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

बझाङमा कांग्रेस जिल्ला सभापति सवार जीप दुर्घटना, एक जनाको मृत्यु, ३ जना घाइते

बझाङमा कांग्रेस जिल्ला सभापति सवार जीप दुर्घटना, एक जनाको मृत्यु, ३ जना घाइते

बझाङ । बझाङमा नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनका परिवार सवार जीप दुर्घटनामा परेका छ । सभापति बोहरा र उनका परिवार सवार जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिए ।

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएका हो ।

दुर्घनामा परी सुर्माका विनोद बोहराको घटनास्थलमै ज्यान गएको छ भने ३ जना घाइतेको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ । प्रहरीका अनुसार जीप गएराति १२:४० बजे दुर्घटना भएको हो ।

जीपमा ३ जना महिला र ६ जना पुरुष गरी ९ जना सवार थिए । नेटवर्क समस्याका कारण घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend