logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • कांग्रेस नेता जोशी समुह र नेकपा एमालेबीच चुनावी तालमेल

    कांग्रेस नेता जोशी समुह र नेकपा एमालेबीच चुनावी तालमेल

    3.9K
    Shares

    दमौली । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समुह र नेकपा एमाले तनहुँबीच चुनावी तालमेल भएको छ । काँग्रेस तनहुँलाई वार्ता मार्फत एक बनाएर अगाडि बढाउन नेता जोशीले ल्याएको प्रस्तावलाई वेवास्ता गरिएपछि जोशी समुहले एमालेसँग तालमेल गरेको हो ।

    तालमेल भएसँसगै आगामी स्थानीय तहको चुनवमा साझा उम्मेद्वार बनाउने सहमती भएको छ । जोशी निवास दमौलीमा शनिबार भएकोको छलफलबाट चुनावी तालमेल गर्ने निर्णय भएकाले साझा उम्मेद्वारी दिने भएको हो ।

    छलफलको क्रममा तालमेललाई प्रभावकारी बनाउन चुनावी परिचालन समिति गठन गरिएको छ । जोशी समुहबाट ४ जना र नेकपा एमाले तनहुँका ४ जना गरि ८ सदस्यीय ‘चुनाव परिचालन समिति समिति गठन गरिएको छ । प्रत्येक पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुको साझा उम्मेद्वारी दिने सहमती भएको छ ।

    तनहुँ कांग्रेसको विवाद मिलाउन वार्ता समिति गठन गरेपनि एकलौटी ढंगले अघि बढेकोले एमालेसँग चुनावी तालमेल गर्नु भएको नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले जानकारी दिए । १९ वर्ष देखि सत्ता बाहिर रहनु भएका जोशी विकासवादी नेताको रुपमा जिल्लामा सूपरिचित छन् । उनको समयमा शिक्षा, स्वास्थ्य, विद्युत्तिकरण, रोजगारी, सडक जस्ता क्षेत्रमा अभूतपूर्व विकास भएको थियो ।

    ‘एक घर एक रोजगारी’ अभियान सञ्चालन गरेका नेता जोशीको विकास प्रतिको काम र पार्टी प्रतिको संगठनलाई तनहुँवासीले सम्झिने गर्दछन् । नेता जोशी आगामी संघीय चुनावमा कांग्रेसको तर्फबाट सङ्घीय चुनावमा उठ्ने र पार्टीले टिकट नदिएमा जनताको तर्फबाट चुनाव उठ्ने घोषणा गरिसकेका छन् । नेपाली कांग्रेस तनहुँका सस्थापक सचिव हुँदै केन्द्रमा सहमहामन्त्री समेत बनी सकेका नेता जोशीलाई वर्तमान पार्टी नेतृत्वले अन्यायपूर्ण ढंगले साधरण सदस्यता समेत नरहने गरी गरिएको कारबाहीमा तनहुँ कांग्रेसका नेता तथा कार्यकर्ता रुष्ठ छन् ।

    रुष्ट जोशी समुहले एमालेसँग चुनावी तालमेल गरेपछि तनहुं कांग्रेसलाई ठुलो क्षति हुने देखिएको छ । जोशी समुहबाट व्यास नगरपालिकाको प्रमुखमा उम्मेद्वार बन्नु भएका दीपकराज जोशीलाई एमालेले सघाउने भएको छ । त्यसैगरी अन्य पालिकामा पनि सहमती हुनेछ । मेयर उम्मेद्वार बन्नु भएका जोशी पूर्वगृहमन्त्री गोविन्दराज जोशीका सुपुत्र हुन् । जोशीपुत्रले चुनावी प्रचारको लागि सम्पर्क कार्यालय खोली सकेका छन् । उनि भोटमाग्न घरदैलोमा नै व्यस्त छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend