शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

कांग्रेस सभापति सवार जिप दुर्घटना, छोराको मृत्यु, आठ जना घाइते

कांग्रेस सभापति सवार जिप दुर्घटना, छोराको मृत्यु, आठ जना घाइते

बझाङ । बझाङमा नेपाली काग्रेसका सभापति खडकबहादुर बोहरा सवार जिप दुर्घटनामा परेको छ । जिल्लाको बित्थडचिर गाउँपालिका–४ देउलेकमा आज बिहान पौने १ बजे सुपप्र ०१००१ च ००९५ नम्बरको जिप दुर्घटना परेको हो ।

दुर्घटनामा एकजनाको मृत्यु भएको बित्थड प्रहरी चौकी सहायक प्रहरी निरीक्षक दौलत पुजाराले जानकारी दिए । दुर्घटनामा मृत्यु हुनेमा कांग्रेसका सभापति बोहराका छोरा २७ वर्षीय विनोद रहेका प्रहरीले जनाएको छ । त्यस्तै, दुर्घटनामा घाइते भएका एक जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।

सभापति बोहराकी बुहारी कञ्जु बोहराको अवस्था गम्भीर रहेकाले धनगढी रिफर गरिएको प्रहरीले​ जनाएको छ । अन्य सात जनाको देउलेख प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

चैनपुरबाट धनगढी हिँडेको जिपमा नौ जना सवार थिए । उनीहरू सबै सभापति बोहराका आफन्त रहेका प्रहरीले जनाएको छ ।

याे पनि:

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend