logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सुरक्षा समितिद्वारा मतदानस्थलको अनुगमन

    सुरक्षा समितिद्वारा मतदानस्थलको अनुगमन

    4.3K
    Shares

    गोदावरी । जिल्ला सुरक्षा समिति कैलालीले जिल्लाका विभिन्न मतदानस्थलको अनुगमन गरेको छ । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि जिल्लाका विभिन्न ठाउँमा रहेका मतदानस्थलको अनुगमन गरेको हो ।

    प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको सुरक्षा समितिले जिल्लाका विभिन्न स्थानीय तहमा निर्धारण गरिएका मतदानस्थल तथा केन्द्रको अनुगमन गरिएको जनाइएको छ । जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख प्रजिअ किरण थापाले कैलालीको हाइवे क्षेत्र, मोहन्याल, चुरेलगायतका निर्वाचन क्षेत्रको अनुगमन निरीक्षण गरिसकिएको जानकारी दिए ।

    मतदानस्थलमा सुरक्षा संवेदनशीलता, निर्वाचनको समयमा अपनाउनुपर्ने सुरक्षा नीति, मतदाता, उम्मेदवार र मतपेटिकाको सुरक्षाका सम्बन्धमा स्थलगत अध्ययन भइरहको उनको भनाइ छ ।

    जिल्ला सुरक्षा समितिले मतदानस्थल पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिइएको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख निर्वाचन अधिकारी प्रेमराज भट्टले बताए । प्रायः एउटा मतदानस्थलमा दुईवटा मतदान केन्द्र राखिएको उनले जानकारी दिए ।

    सुरक्षा समितिले अनुमगन गरिएको क्षेत्रमध्ये चुरे क्षेत्रको मतगणनाका लागि गाउँपालिकाको कार्यालयलाई तोकिएको छ । सुरक्षा अवस्था र फराकिलो ठाउँ भएकाले गाउँपालिकाको कार्यालय भवनमा मतगणना गरिने व्यवस्था मिलाइएको निर्वाचन अधिकारी भट्टले बताए ।

    प्रमुख जिल्ला अधिकारी थापाका अनुसार जिल्लामा पाँच लाख २५ हजार १२५ मतदाता सङ्ख्या रहेको कैलालीमा २३६ मतदानस्थल र ६१९ मतदान केन्द्र निर्धारण गरिएको छ । जसमा अतिसंवेदनशीलमा ५२, संवेदनशील ५३ र १३१ सामान्य मतदानस्थलमा वर्गीकरण गरिएको जनाइएको छ ।


    रासस
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend