आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

भारतमा फेरि कोरोना संक्रमण उकालो, संक्रमित ४८ दिनयताकै सबैभन्दा उच्च

भारतमा फेरि कोरोना संक्रमण उकालो, संक्रमित ४८ दिनयताकै सबैभन्दा उच्च

काठमाडौं । भारतको राजधानी दिल्ली फेरि कोरोना भाइरसको संक्रमण उकालो लाग्न थालेको छ । शुक्रबार दिल्लीमा कोरोनाका ३६६ नयाँ केस देखिएका थिए । तर शनिबार पाँच प्रतिशतले बढेर ४६१ पुगेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

शनिबार आठ हजार ६४६ जनामा गरिएको परीक्षणमा ४६१ मा संक्रमण पुष्टि भएको हो । यो ४८ दिनयताकै सबैभन्दा उच्च संक्रमण हो ।

त्यसैगरी, कोरोना संक्रमणबाट दिल्लीमा थप दुई जनाको मृत्यु भएको छ । गत मार्च १५ पछि कोभिडबाट दिल्लीमा भएको यो सबैभन्दा धेरै मृत्यु हो । दिल्लीमा कोभिडबाट अहिलेसम्म २६ हजार १६० को मृत्यु भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend