logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • वैवाहिक समारोहमा नाचगान गर्दा करेन्ट लागेर एक जनाको मृत्यु, सात जना घाइते

    वैवाहिक समारोहमा नाचगान गर्दा करेन्ट लागेर एक जनाको मृत्यु, सात जना घाइते

    7.4K
    Shares

    रौतहट । रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । दुर्गाभगवती गाउँपालिका–१ निवासी नरेश राउतको छोरीको विवाहको मटकोरमा सामूहिक गीत गाउने क्रममा माइकबाट करेन्ट लागेर उनकै ३० वर्षीय बहिनी सम्घरिया देवीको मृत्यु भएको हो । करेन्ट लागेर थप सात जना घाइते भएका छन् ।

    करेन्ट लागेर घाइते उनको उपचारार्थ यमुनामाई गाउँपालिका स्थित सुकदेवचोकमा रहेको शिवदर्शन अस्पतालमा भर्ना गरेकोमा त्यही मृत्यु भएको हो ।

    करेन्ट लागेर घाइते हुनेमा दुर्गा भगवती गाउँपालिका–१ पिपरा निवासी ३५ वर्षीया सिता देवी राउत, वडा नम्बर २ निवासी ३५ वर्षीया अनिता देवी राउत, वडा नम्बर ३ निवासी ६५ वर्षीया मन्तोरिया देवी, वडा नम्बर ४ निवासी ७० वर्षीया मुनी राउत, ६५ वर्षीया केबला देवी, ५५ वर्षीया सुशीला देवी, वडा नम्बर ७ निवासी ७५ वर्षीया हिरिया देवी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend