शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

सुनको भाउ बढ्यो, यतिमा हुदैछ कारोबार

सुनको भाउ बढ्यो, यतिमा हुदैछ कारोबार

काठमाडौं । सुनको भाउ बढेसँगै कारोबार भने घटेको छ । अहिले विवाहको लगन भए पनि भाउ बढेका कारण २५ देखि ३० प्रतिशतले कारोबार घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । सिजनको बेलामा दैनिक ५० किलोसम्म सुनको कारोबार हुने गरेकोमा अहिले २५ देखि ३० प्रतिशतले सुनको कारोबार घटेको हो ।

कोरोना भाइरसको महामारी अघि वैशाख महिनामा सुनको कारोबार दैनिक ५० किलोसम्म हुने गरेको थियो भने कोरोनाका कारण दुई वर्ष सम्म सुनको कारोबार ठप्प जस्तै भएको थियो ।

यस्तै, सुनको आयात रोकिँदा अहिले बैंकमा सुनको मौज्दात सकिएको छ । गएको चैत २१ गते नेपाल राष्ट्र बैंकले एलसी नखोल्न बैंकहरुलाई निर्देशन दिएपछि आयात रोकिएकाले बैंकहरुमा मौज्दात सकिएको हो।

सुनको भाउ अहिले तोलामा एक लाख दुई हजार रुपैयाँ छ भने सुनको भाउ फेरि बढ्ने अनुमान गरिएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend