शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

चितवन राप्रपा नेपालका अध्यक्ष खरालको निवासमा आक्रमण

चितवन राप्रपा नेपालका अध्यक्ष खरालको निवासमा आक्रमण

काठमाडौं । राप्रपा नेपालका चितवन जिल्ला अध्यक्ष विष्णु खरालको घरमा आक्रमण भएको छ । भरतपुर महानगरपालिका–५ स्थित खरालको निवासमा तोडफोड भएको जनाइएको छ ।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार गए राति उक्त घरमा ‘आक्रमण’ भएको हो । घटनाको भर्त्सना गर्दै उनले छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग पनि गरेका छन् ।

बर्तौलाले ट्विटरमा लेखेका छन्,‘राप्रपा नेपाल चितवनका अध्यक्ष विष्णु खरालको भरतपुर महानगरपालिका वडा नम्बर–५ स्थित निवासमा गए राति भएको आक्रमणको घोर भत्सना र निन्दा गर्दछु । स्थानीय प्रशासनले घटनाको तत्काल छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गरोस् । राजनीतिक प्रतिशोधका कारण भएको भए त्यो झन् अक्षम्य छ ।’

सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरमा झ्यालको सिसा फुटेको देखिएको छ । घटना के–कसरी भयो भन्ने विस्तृत विवरण आईसकेको छैन ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend