आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

डेस्क बेञ्च नहुँदा डोटीका विद्यार्थी खुला चौरमा बसेर परीक्षा दिन बाध्य

डेस्क बेञ्च नहुँदा डोटीका विद्यार्थी खुला चौरमा बसेर परीक्षा दिन बाध्य

डोटी । डोटीको शिखर नगरपालिका–११ मल्लीसातमा रहेको भगवती आधारभूत विद्यालयमा विद्यार्थी खुल्ला चौरमा घुलोसँगै परीक्षा दिन बाध्य भएका छन् । विद्यालयमा बालकक्षादेखि ३ सम्मका विद्यार्थी खुल्ला चौरमा भुईमै बसेर परीक्षा दिइरहेका हुन् ।

विद्यालयमा कक्षा ४ देखि कक्षा ८ सम्मका ५० प्रतिशत विद्यार्थीलाई पनि प्रयाप्त डेस्क नहुदाँ खुट्टामा नै पपेर राखी परीक्षा दिन बाध्य रहेको विद्यालयका शिक्षक रमेश बोहराले बताए ।

उक्त विद्यालयमा मल्लीसात, किमाडा र ओलीगाउँका विद्यार्थी अध्ययनरत छन् । अहिले विद्यालयमा वार्षिक परीक्षा चलिरहेको छ ।

शिखर नगरपालिकाको वडा नं ११ मा माध्यमिक तहको विद्यालय नभएकाले सोही विद्यालयलाई मावि बनाउने भनि बेला बेला निरिक्षणको क्रममा शिखर नगरपालिकाका प्रमुख सीताराम जोशीले आश्वासन दिँदै आइरहेका छन् ।

तर, जोशीको ५ वर्ष कार्यकाल बित्नै लाग्दा समेत नगरपालिकाले विद्यालयका लागि आश्वासन बाहेक केही नगरेको स्थानीय बताउँछन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend