बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

आर्थिक संकटबाट सेयर बजारलाई बचाउन श्रीलंकामा पाँच दिनसम्म सेयर कारोबार नहुने

आर्थिक संकटबाट सेयर बजारलाई बचाउन श्रीलंकामा पाँच दिनसम्म सेयर कारोबार नहुने

काठमाडौं । आर्थिक संकटमा जुधिरहेको श्रीलंकामा सेयर बजारमा समेत प्रभावित बनेको छ । विदेशी ऋणमा डुबेर आर्थिक संकटको भूमरीमा परेको श्रीलंकाको सेयर बजार ५ दिनसम्म बन्द रहनेछ । श्रीलंकाले केही समयसम्म विदेशी ऋणको भुक्तानी नगर्ने घोषणा गरिसकेको छ ।

यसबीचमा आर्थिक संकटका कारणले त्यहाँको प्रमुख सेयर बजार कोलम्बो स्टक एक्सचेन्जको कारोबार ५ दिनलाई बन्द हुने भएको हो । १८ अप्रिलदेखि बन्द हुने सेयर बजार ५ दिनसम्म खुल्ने छैन ।

श्रीलंकाको सेयर बजार नियामकले कोलम्बो स्टक एक्सचेञ्जलाई ५ दिनसम्म कारोबार बन्द गर्न निर्देशन दिएको हो । आर्थिक संकटमा डुबिरहेको श्रीलंकाको अर्थतन्त्रबाट सेयर बजारलाई बचाउन यस्तो निर्णय लिइएको बताइएको छ ।

यो स्थितिबाट उम्कन श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग ४ बिलियन अमेरिकी डलर सहयोग मागेको छ । यो देश यतिबेला अहिलेसम्मकै सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend