logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • रुसले गरेको शृंखलाबद्ध हमलामा पाँच जनाको मृत्यु, १३ जना घाइते

    रुसले गरेको शृंखलाबद्ध हमलामा पाँच जनाको मृत्यु, १३ जना घाइते

    4.9K
    Shares

    एजेन्सी । रुसी सेनाले युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा गरेको शृंखलाबद्ध हमलामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । रुसी मिसाइल हमलामा अन्य १३ जना घाइते भएका छन् ।

    खार्किभ क्षेत्रको स्वास्थ्य विभागका प्रमुख माकस्याम खाउस्टोभले मिसाइल हमलामा ५ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । शृंखलाबद्ध विस्फोटपछि सहरका केही भागमा आगो लागेको र भवनका छानाहरू भत्किएको छ । आवासीय क्षेत्रमा भएका ती विस्फोटलगत्तै दमकल र अग्नी नियन्त्रक टोली परिचालन गरिएको छ।

    हमलापछि सर्वसाधारण मानिसहरू अत्तालिएका थिए भने सर्वसाधारण मानिसहरू सडकमा दौडिएका देखिन्थे । त्यस्तै, घटनास्थल नजिकैबाट कारहरू हुइँकिएका थिए । आक्रमणपछि सडकमा रगत लत्तपत्तिएको एएफपीले जनाएको छ । रुसी सेनाले ६ देखि ८ ओटा मिसाइल हमला गरेको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend