काठमाडौं । सत्ता गठबन्धन दलका शीर्ष नेतासहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसेको छ । नौ बजे बस्ने भनिएको शीर्ष नेताहरूसहितको संयन्त्रको बैठक सवा दश बजे मात्रै सुरु भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरणले जानकारी दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा विशेष गरी ६ महानगर र ११ उपमहानगरपालिकाको भागबण्डाका बारेमा छलफल हुने नेताहरूले बताएका छन् ।