आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

भारतमा कोरोना संक्रमण दिनहुँ उकालो, २ हजार १८३ नयाँ संक्रमित थपिए

भारतमा कोरोना संक्रमण दिनहुँ उकालो, २ हजार १८३ नयाँ संक्रमित थपिए

 

काठमाडौं । छिमेकी देश भारतमा कोरोना संक्रमण फेरी बढेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रलायका अन्सुआर पछिल्लो २४ घण्टामा २ हजार १८३ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार पछिल्लो एक दिनमा एक हजार ९ सय ८५ कोरोना संक्रमित निको भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेको छ । भारतमा कोरोनाबाट एकैदिन २१४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कोरोनाबाट ५ लाख २१ हजार ९६५ जनाको मृत्यु भइसकेको छ ।

अहिले भारतमा कोरोनाको सक्रिय केस बढेर ११ हजार ५४२ पुगेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend