सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

गठबन्धनमा माओवादीले एउटा महानगर पाउनुपर्छ, भरतपुर नै चाहिन्छ भन्ने छैन: अध्यक्ष प्रचण्ड

गठबन्धनमा माओवादीले एउटा महानगर पाउनुपर्छ, भरतपुर नै चाहिन्छ भन्ने छैन: अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा माओवादीले एउटा महानगर पाउनुपर्ने बताएका छन् । उनले गठबन्धनमा माओवादीले एउटा महानगर पाउनुपर्ने बताउदै भरतपुर नै नचाहिने बताएका हुन् ।

‘‘भरतपुर नभइ भएन, रेनु नै नभइ भएन भन्ने हाम्रो अडान होइन,” उनले भने, ‘‘एउटा महानगर त माओवादीले पाउने नै होला । काठमाडौ पनि ठीक छ, विराटनगर भने पनि ठीकै छ ।”

भरतपुरमा माओवादीको पकड राम्रो भएकाले भरतपुर दिए उपयुक्त हुने नभए अन्य महानगर भए पनि माओवादीले सहमति गर्ने उनको भनाइ थियो । उनले भरतपुर दिन गठबन्धनभित्र मोटामोटी सहमति भएको पनि बताएका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend