काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पिसिआरबाट ९ र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ जना संक्रमित थपिएका हुन् ।
सोही अवधिमा ३४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.७ रहेको मन्त्रालयले जनाएको छ । आज देशभर ४ हजार ६९१ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।