काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि ४६ वटा जिल्लाको मतपत्र छपाइको काम सकिएको छ । निर्वाचन आयोगले अहिलेसम्म ४६ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छपाइ कार्य सकिएको हो ।
४६ जिल्लामा मतपत्र छपाइको काम सकिएको सोमबारको नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार १ करोड ९४ लाख थान मतपत्र मध्ये सोमबारसम्म ४६ जिल्लाका लागि आवश्यक ९५ लाख २५ हजार मत्रपत्र छपाइ सकिएको छ ।