शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

निर्वाचन आयोगले पत्रकारहरुसँग अन्तरक्रिया गर्ने

निर्वाचन आयोगले पत्रकारहरुसँग अन्तरक्रिया गर्ने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय समाचार माध्यामहरुका निर्वाचनसम्बन्धि रिर्पोटिङ गर्ने समाचारदाता र फोटो पत्रकारहरुसँग अन्तरक्रिया गर्ने भएको छ । सोमबार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भोली (बैशाख ६ गते) काठमाडौंमा सो अन्तरक्रिया कार्यक्रम गर्न लागिएको जानकारी गराएका हुन् ।

यस अघि निर्वाचन आयोगले प्रदेश स्तरीय मिडिया अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको छ । त्यसैगरी आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने साईनबोर्ड, लेटर प्याड र छापको नमूना प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत् पठाउन पनि पत्राचार गरेको छ ।

साईन बोर्ड, लेटर प्याड र छाप सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा एकरुपता ल्याउनका लागि सोको नमूना पढाउन निर्देशन दिइएको पनि आयोगका प्रवक्ता पौडेले बताए ।

आयोगले स्थानीय तह निर्वाचनको लागि आजको मितिसम्म ४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छपाई गरिसकिएको पनि जनाएको छ । १ करोड ९४ लाख थान मतपत्र आवश्यक पर्नेमा हालसम्ममा सो परिणाममा मतपत्र छपाई सकिएको पनि प्रवक्ता पौडेलले बताए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend