आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

निर्वाचनको चुनावी तालमेल गर्ने विषयमा सहमती जुटाउन गठबन्धनको बैठक बस्दै

निर्वाचनको चुनावी तालमेल गर्ने विषयमा सहमती जुटाउन गठबन्धनको बैठक बस्दै

sf7df8f}F, @* r}t . k|wfgdGqL lgjf; afn'jf6f/df ;f]daf/ ;Qf u7aGwg bnsf] a}7sdf ;xefuL k|wfgdGqL z]/axfb'/ b]pjf, g]kfn sDo'lgi6 kf6L{ -dfcf]jfbL s]Gb|_ sf cWoIf k'ik sdn bfxfn æk|r08Æsf g]tfx? . t:jL/ M /f]zg ;fksf]6f, /f;;

 

काठमाडौं । सत्तारुढ पाँच दलबीच महानगरपालिका र उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको चुनावी तालमेल गर्ने विषयमा सोमबार पनि सहमती जुटन सकेन । सत्तारुढ नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेलका लागि गरिएको दिनभरको प्रयास असफल भएको हो ।

तर धेरै ठाउँमा सहमती नजिक पुगिएको र त्यसलाई अन्तिम रुप लिन आज (मंगलबार) साँढे ११ बजे पुनः बैठक बोलाइएको काँग्रेस नेता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडा समेतको वस्तुगत स्थितिको बारेमा आफूहरुबीच व्यापक छलफल भएको र आज त्यसलाई अन्तिम रुप दिने सहमति गरिएको पनि बताए । आज चुनावी तालमेलको विषयमा निर्णय हुने र त्यसलाई आफूले सञ्चार माध्यामबाट नै सार्वजनिक गर्ने सञचारमन्त्री कार्कीको भनाई छ ।

बैशाख ३० गते स्थानीय तहका निर्वाचन सम्पन्न हुँदैछ । सत्तारुढ गठबन्धनले भने चुनावी तालमेल गरेर उम्मेदवार उठाउने सहमति गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend