शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

कांग्रेस महामन्त्री शर्माको समन्वयमा ‘प्रदेश डेस्क’ स्थापना

कांग्रेस महामन्त्री शर्माको समन्वयमा ‘प्रदेश डेस्क’ स्थापना

काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको विजयी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टी केन्द्रीय कार्यालयमा ‘प्रदेश डेस्क’ स्थापना गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले उपसभापति पूणर्बहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकको निर्णयानुसार ‘प्रदेश डेस्क’ स्थापना गरेका हुन् ।

सातवटै प्रदेश डेस्कसँग केन्द्रीय कार्यालयका तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले समन्वय गर्ने गरी पार्टीका सात सहमहामन्त्रीलाई प्रदेश डेस्कको संयोजकसमेत तोकेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend