काठमाडौं । प्रमुख विपक्षी एमालेले वैशाख ३० मा निर्धारित स्थानीय तह निर्वाचन सार्न सत्ता गठबन्धन लागिपरेको बताएको छ । केन्द्रीय सचिवालयको सोमबार राति बसेको बैठकले उक्त षड्यन्त्र निस्तेज पार्ने निर्णय गरेको छ ।
एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन सार्ने सत्ता गठबन्धनको योजना विफल बनाउन प्रतिवाद गर्ने बताए । ‘सरकारले २०७९ वैशाख ३० गते हुन लागेको चुनावमा जुन प्रकारको षड्यन्त्र भएको छ। त्यसको हामी कडा प्रतिवाद गर्छौं । कडा विरोध गर्दछौं । चुनाव रोक्ने षड्यन्त्रलाई निस्तेज पार्छौं,’ नेता गुरुङले भने, ‘सबै कमिटीलाई कुनै प्रकारको अलमल नगरी चुनावको तयारी गर्ने निर्देशन पनि दिएका छौं’े । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बसेको थियो ।