logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • कञ्चनरुप नगरपालिकामा सभासददेखि संघीय सांसदसम्म मेयरका आकांक्षी

    कञ्चनरुप नगरपालिकामा सभासददेखि संघीय सांसदसम्म मेयरका आकांक्षी

    5.2K
    Shares

    सप्तरी । सप्तरीको तत्कालीन बरमझिया गाविस अहिले कञ्चनरुप नगरपालिका बनेको छ । जिल्लाको पूर्वी उत्तरी भेगमा रहेको कञ्चनरुप नगरपालिकाको प्रमुखका लागि पूर्वमन्त्री, सभासददेखि अहिलेका संघीय सांसदसम्म आकांक्षी छन् ।

    अहिले यो नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित मेयर वसन्त कुमार मिश्र छन् । उपमेयर भने कांग्रेसबाट निर्वाचित निरु पोखरेल छिन् । तर, अहिले मिश्रले नै मेयरमा दोहोरिने इच्छा देखाएका छन् । ‘नगरपालिकामा धेरै काम गरेको छु । भ्रष्टाचार हुन दिइएको छैन,’ मेयर मिश्र भन्छन्, ‘नगरलाई अझ राम्रो र व्यवस्थित गर्ने इच्छा छ ।’

    नेकपा एमाले नगर कमिटिभित्र मिश्रसहित १० जनाले मेयर बन्ने इच्छा देखाएका छन् । त्यसमध्ये संघीय सांसद सरिता गिरी यादव पनि रहेकी छिन् । एमालेको समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य भएकी यादवले आफू तलबाट काम गर्न चाहेको बताएकी छन् । नगरलाई सुन्दर बनाउन आफू मेयरमा लड्न चाहेको भन्दै उनले पार्टीले मौका दिए सांसदबाट राजीनामा दिएर चुनाव लड्न तयार रहेको बताइन् । आफू मेयर बनेमा जिल्लाको १८ वटै स्थानीय तहमध्ये नमूना बनाउने बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend