शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

कर्णाली प्रदेशमा सहमती जुटाउन मुस्किल, गठबन्धन हुने सम्भावना न्यून

कर्णाली प्रदेशमा सहमती जुटाउन मुस्किल, गठबन्धन हुने सम्भावना न्यून

सुर्खेत । कर्णाली प्रदेशमा सत्ता साझेदार दलहरुबीच स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने विषयमा सहमती जुटाउन मुस्किल परेको छ । दलहरुबीच पदीय भागबण्डामा कुरा नमिल्दा गठबन्धन विथोलिने स्थितिमा पुगेको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत सत्ता साझेदार दलका प्रदेश स्तरीय नेताको उपस्थितिमा हिजो (सोमबार) बैठक बसेको थियो । बैठकले जिल्ला स्तरमा सहमती गरेर पठाउनका लागि एक दिनको समय थप गर्ने निर्णय गरेको नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले जानकारी दिए ।

सत्ता साझेदार दलहरुको कर्णाली प्रदेशस्तरीय संयन्त्रको बैठकले भने सहमती गरेर पठाउनका लागि जिल्ला संयन्त्रलाई थप एक दिनको समय दिएको छ । सोमबारसम्म जिल्ला स्तरीय संयन्त्रबाट भागबण्डा मिलाएर प्रदेशमा पठाउन समय दिइएकोमा उक्त समयमा कसैले पनि नपठाएपछि आज (मंगलबार) एक दिन समय थपेको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend