logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नयाँ काम गरी सुधार गर्न खोज्दा आयोगलाई शङ्काको दृष्टिले हेरेको आयुक्तको गुनासो

    नयाँ काम गरी सुधार गर्न खोज्दा आयोगलाई शङ्काको दृष्टिले हेरेको आयुक्तको गुनासो

    7.4K
    Shares

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले केही नयाँ काम र सुधार गर्न खोज्दा शङ्काको दृष्टिले हेरेको गुनासो गर्नुभएको छ । निर्वाचन आयोगले चुनावबारे सञ्चारमाध्यमसँग गरेको अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रममा प्रमुख आयुक्त थपलियाले यसअघि देखिएका केही समस्यालाई सुधार गर्नेगरी काम गर्दा आफ्नो स्वार्थ अनुसार समर्थन र विरोध गर्ने गलत अभ्यास भएको टिप्पणी गर्नुभयो ।

    मतपत्रको रङ्गबारेमा एमालेले गरेको विरोधतर्फ लक्षित गर्दै उहाँले बदलिँदो परिवेश अनुसार भएका सुधारलाई सबैले स्वीकार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले चुनावमा तालमेल गरेर उम्मेदवारी दिँदा महिलाको उम्मेदवारीलाई ख्याल गर्न दलहरुसँग आग्रह पनि गर्नुभएको छ ।

    यस्तै पछिल्लो समय सिद्धान्त भन्दा पैसाले चुनावलाई प्रभाव पार्न थालेको गुनासो आएको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले तोकेको खर्च सीमालाई ख्याल गर्न ध्यानाकर्षण गराउनुभएको छ । उहाँले निर्वाचन आचारसंहिता पालना गर्न पनि राजनीतिक दल लगायत सरोकारवाला सबैलाई आग्रह गर्नुभयो ।

    आचारसंहिता कार्यान्वयन गर्न र चुनावी चहलपहल बढाउन सञ्चारमाध्यमको ठूलो भूमिका रहेको भन्दै उहाँले त्यहीअनुसार भूमिका खेल्न पनि आग्रह गर्नुभयो । थपलियाले लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण पक्ष चुनाव भएको र यसलाई टार्न विभिन्न खेल हुन सक्ने भन्दै सञ्चारमाध्ययमले समयमा निष्पक्ष चुनावका लागि दबाब सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले अहिले पत्रकार र सञ्चारमाध्यमले तटस्थता देखाउने बेला रहेको बताउनुभयो । उहाँले निष्पक्ष चुनावका लागि दबाब सिर्जनाका साथै डरत्रास विना मताधिकारको प्रयोग गर्न नागरिकलाई प्रेरित गर्न भूमिका खेल्नुपर्ने बताउनुभयो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend