logo

२०८१ माघ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ माघ २०८१
  • गठबन्धन शक्तिसँग केपी ओली थरथरी काँपे, हतास अभिव्यक्ति दिन थाले : रामचन्द्र पौडेल

    गठबन्धन शक्तिसँग केपी ओली थरथरी काँपे, हतास अभिव्यक्ति दिन थाले : रामचन्द्र पौडेल

    4.6K
    Shares

    काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र व्यवस्था बचाउन वर्तमान सत्ता गठबन्धन बनेको भन्दै गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी शर्मा ओली थरथरी कापेको बताएका छन् ।

    मंगलबार काठमाडौमा नेपाल विद्यार्थी संघको वार्षिकोत्सवलाई सम्बोधन गर्दै नेता पौडेलले अहिले नेपालको राजनीति असजिलो मोडबाट गुज्रिरहेको बताएका हुन् । उनले लोकतन्त्रको लडाई बाँकी नै रहेकाले सवै सजग भएर लोकतन्त्र उल्ट्याउने षड्यन्त्रहरुविरुद्ध सतर्क हुनुपर्ने पनि बताए ।

    ‘गठबन्धन सत्ताका लागि होइन व्यवस्थाका लागि हो । शेरबहादुरलाई प्रधानमन्त्री बनाउन होइन नेपालको परिवर्तन र अग्रगामी बाटोमा रुपान्तरण गर्न हो’, पौडेलले भने, ‘यो शक्ति देखेर केपी ओली थरथरी कापेका छन्, हतास अभिव्यक्ति दिन पुगेका छन् ।’

    उनले गठबन्धनको शक्तिबाट अत्तालिएर केपी ओली भ्रष्ट, प्रतिगामी र अवसरवादीको शरणमा पुगेको पनि पौडेलले बताए । ‘यहि हप्तामा हेर्नुस् उनले कस्ता कस्ता तत्त्वसँग एयलाइन्स गरे ?’, पौडेलको भने ‘राजनीतिक स्थायित्वका लागि हामी सवै एकजुट हुन जरुरी छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend