logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गठबन्धनभित्र आफ्नो पार्टीको अपमान भएको माधव नेपालको टिप्पणी

    गठबन्धनभित्र आफ्नो पार्टीको अपमान भएको माधव नेपालको टिप्पणी

    6.3K
    Shares

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीलाई अपमान सह्य नहुने बताएका छन् । मंगलबार राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता तथा घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रममा नेपालले गठबन्धनभित्र आफ्नो पार्टीको अपमान भएको टिप्पणी समेत गरे ।

    ‘सबै पार्टीले आफ्नो शक्तिको अति मूल्यांकन गर्दै, अरुको शक्तिको अवमूल्यन गर्दै, अलिकति अपमानपूर्ण ढंगले पनि व्यवहार गर्दै चल्नुभएको छ भन्ने रिपोर्ट पनि आइरहेको छ,’ उनले भने, ‘हामी अपमान सहनका लागि जन्मेका होइनौं । हामी विद्रोह गरेर जन्मेका छौं ।’

    नेपालले आफूहरुलाई आफ्ना शक्तिमा विश्वास भएको भन्दै मूल्याङ्कन र अवमूल्यन दुवै ठीक नभएको बताए । ‘हामीलाई आफ्नो शक्ति र समामर्थ्यमा विश्वास छ,’ उनले भने, ‘र, हामीले आफ्नो शक्तिको मूल्याङ्कन पनि गर्नुहुँदैन ।’

    महानगरपालिका, उपमहानगरपालिका र स्थानीय तहमा तालमेल मिलाउनेबारे छलफल भइरहेको भन्दै नेपालले सबै ठाउँमा सहमति गर्न गाह्रो भएको समेत बताए ।

    ‘चुनावमा पराजित हुने स्थितिमा भएकाहरुले पनि जित्छु भनिरहेका छन्,’ उनले भने, ‘कतिपय ठाउँमा सहमति गर्दै हुनुहुन्छ, कतिपय ठाउँमा गाह्रो छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend