logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • अन्ततः भरतपुर महानगर माओवादीलाई दिने सहमति (यस्तो छ महानगर भागबण्डा)

    अन्ततः भरतपुर महानगर माओवादीलाई दिने सहमति (यस्तो छ महानगर भागबण्डा)

    4K
    Shares

    काठमाडौं । सत्तारुढ गठबन्धनमा महानगरपालिका भागबण्डामा सहमति जुटेको छ । मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगर कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक÷एक महानगरको नेतृत्व लिने सहमति गरेको स्रोतले बताएको छ ।

    जस अनुसार निकै चासोको रुपमा हेरिएको भरतपुर महानगरपालिका माओवादीले पाउने भएको छ । पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउनेछ भने जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउनेछ ।

    नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने सत्तारुढ गठबन्धनको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सहमतिको खाका मंगलबार साँझसम्म तयार हुने उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend