logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • ललितपुरमा मैले नै टिकट पाउँछु र जित्ने पनि मै हुँ : मेयर चिरिबाबु महर्जन

    ललितपुरमा मैले नै टिकट पाउँछु र जित्ने पनि मै हुँ : मेयर चिरिबाबु महर्जन

    7.5K
    Shares

    काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफू फेरि मेयरमा उठ्ने बताएका छन् ।
    प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका उनले पत्रकारसँग कुराकानी गर्दै ललितपुरमा आफूले नै टिकट पाउने दाबी गरे ।

    टिकट पाउनु हुन्छ त भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘टिकट त पाउँछु नि, जितेको मेयर मै हुँ र जित्ने पनि मै हुँ ।’
    तर आफूले देउवासँगको भेटमा मेयरको टिकट नमागेको पनि उनले स्पष्ट पारे । उनले ललितपुरमा यसअघि कांग्रेसले जितेका कुनै पनि ठाउँ नछाड्ने पनि बताए ।

    महर्जनले भने, ‘मेयर उपमेयर र १० वटा वडा जितेका छौं त्यो छाड्दैनौं ।’तर सत्तारुढ गठबन्धनले गर्ने सहमतीको पेट बोलीलाई आफूहरुले सम्मान गर्ने उनले बताए ।

    कांग्रेसबाट वर्तमान मेयर महर्जनसँगै प्रेमकृष्ण महर्जन ललितपुरको मेयरमा आकांक्षी छन् । दुबै कांग्रेसको संस्थापन समूहका हुन् ।

    प्रेमकृष्णलाई केन्द्रीय सदस्य उदयशमशेर राणा, जीतजंग बस्नेतलगायतको साथ छ भने चिरिबाबुलाई पूर्वजिल्ला सभापति मदन अमात्य लगायतका नेताहरुले अघि बढाएका हुन् । महर्जन देउवाका प्रिय मानिन्छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend