बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

गठबन्धन नगरे कांग्रेसको हालत पहिलाको जस्तै हुन्छ, गठबन्धन तोड्न दिन हुदैन: प्रधानमन्त्री देउवा

गठबन्धन नगरे कांग्रेसको हालत पहिलाको जस्तै हुन्छ, गठबन्धन तोड्न दिन हुदैन: प्रधानमन्त्री देउवा

Sher Bahadur Deuba Photo: Dinesh Gole/Nagarik/Republica

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक्लै कांग्रेसले बहुमत ल्याउने सम्भावना नरहेको बताएका छन् । उनले कांग्रेसले एक्लै बहुमत ल्याउन नसक्ने भन्दै सत्तारुढ दलबीच गठबन्धन गरेरै निर्वाचनमा जाने बताएका हुन् ।

नेपाल विद्यार्थी संघको स्थापना दिवस पारेर मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सत्तारूढ गठबन्धनभित्र रहेका सबै दललाई भागबण्डा गरेर स्थानीय चुनावमा जानुपर्ने बताए । गठबन्धनकै बलमा आफू प्रधानमन्त्री बनेको भन्दै देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहे पनि गठबन्धन तोड्न दिन नहुनेमा जोड दिएका थिए । उनले भने, ‘अहिलेको अवस्थासार कुनै पनि पार्र्टीको एकल बहुमत आउने सम्भावना छैन । कसै न कसैसँग मिल्नुपर्छ ।

अब गठबन्धनलाई अगाडि लैजाने हो ।’ अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले हारेको भए पनि अहिले पोखरा र कर्णालीमा गठबन्धनको मुख्यमन्त्री रहेको भन्दै उनले भने, ‘मैले कांग्रेसलाई प्रदेश र केन्द्रको सरकारमा ल्याएर गल्ती गरेँ ? गठबन्धन टुटेपछि कांग्रेसको के हालत हुन्छ ?’ यसअघिको निर्वाचनमा एमाले र माओवादी मिलेपछि कांग्रेसका नेताहरू हारेको स्मरण गराउँदै उनले भोलि पनि त्यस्तो अवस्था नआओस् भन्नेतर्फ सचेत रहन आग्रह पनि गरे ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend