logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • भेरी अस्पताललाई सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै सम्मान

    भेरी अस्पताललाई सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै सम्मान

    4.8K
    Shares

    नेपालगञ्ज । बाँकेको भेरी अस्पताललाई सम्मान गरिएको छ । भेरी अस्पताल, नेपालगञ्जलाई सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ । आर्थिक वर्ष २०७८/७९ मा तोकिएको वार्षिक कार्यक्रमअनुसार विकास निर्माण तथा सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गरेकाले सो अस्पताललाई रु पाँच हजार पुरस्कारसहित सम्मान गरिएको हो ।

    बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भेरी अस्पतालका डा. राजन पाण्डेलाई उक्त पुरस्कार प्रदान गरे ।

    जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लामा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयलाई पुरस्कार तथा सम्मान गर्ने नीति लिएको छ । अस्पताललाई कर्मचारी मिलन केन्द्र बाँकेको कार्यक्रममा पुरष्कृत तथा सम्मान गरिएको थियो । सो अवसरमा कर्मचारी मिलन केन्द्रले प्रकाशन गरेको नयाँ क्यालेण्डरको समेत विमोचन गरिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend