
पोखरा । पोखरामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. २ एक्लेखेतका ३५ वर्षका मीनबहादुर पाइजा रहेका छन् । सो दुर्घटनामा उनकी श्रीमती दानुमाया पाइजा गम्भीर घाइते भएकी छन् ।
नयाँ वर्षका दिन गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामजी बराल (जीवन) ले प्रयोग गर्दै आएको ग१झ ४४५ नम्बरको गाडीले पाइजा दम्पत्ति सवार ग१६प ५१८१ नम्बरको मोटरसाइकललाई पोखरा ३२, गगनगौंडामा ठक्कर दिंदा दुर्घटना भएको हो ।
घाइते भएकी दानुमाया पाइजाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend