logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेसका महामन्त्री शर्माले सिकाए अर्थमन्त्री शर्मालाई नैतिकताको मूल्य

    कांग्रेसका महामन्त्री शर्माले सिकाए अर्थमन्त्री शर्मालाई नैतिकताको मूल्य

    5.3K
    Shares

    काठमाडौं । नेसरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्थमन्त्री जनार्दन शर्मालाई अप्रत्यक्ष रूपमा पदबाट राजीनामा दिन आग्रह गरेका छन् । उनले अर्थमन्त्री शर्माको नाम नलिएर पूर्वअर्थमन्त्री एवम् कांग्रेस नेता महेश आचार्यलाई सम्झँदै राजीनामाको कुरा उठाएका हुन् ।

    कांग्रेस नेता आचार्यको तस्वीर शेयर गर्दै उनले लेखेका छन्, बेलाबेला यस्तो तस्वीर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्–नैतिक मूल्यको प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति ।

    उनले लेखेका छन्,‘समयले सम्झना गरिरहेको छ कांग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर विदाइको निर्णय अदालतले उल्ट्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिनुभयो ।’

    महामन्त्री शर्माले पनि सोही सन्दर्भमा यस्तो विचार राखेका हुन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend